You are here

स्थानीय शासन सुधार गर्न पोखरामा तालिम

Submitted on: Wed, 04/15/2015 - 16:19
Downward Accountability Program

पोखरा, १६ चैत/स्थानीय शासन उत्तरदायी सयन्त्रको सचिवालयको आयोजनामा पोखरामा एक दिने स्थानीय निकायको  उत्तरदायीत्व विषयमा प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रममा पश्चिमाञ्चलका स्थानीय विकास अधिकारी, नगरपालीकाका प्रमुखहरु, शहरी शासन विज्ञ, जिल्ला शासन विज्ञ लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिब श्री गोकर्ण मणि दुवाडीले लोकतन्त्र र सुशासनको अबधारणा,स्थानीय निकायहरुमा पारदर्शिता,नागरिक उत्तरदायीत्वको महत्वको बारेमा प्रकाश पार्नुभयो |  स्थानीय निकायहरुले आफुले सम्पादन गर्ने क्रियाकलापहरु बिधमान कानुनी र नीतिगत व्यवस्था अनुरुप हुनुपर्ने र नागरिकहरुको व्यापक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो | स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतहरुको कार्य सम्पादन सम्झौताले  उत्तरदायित्व अभिवृद्धि मा योगदान पुग्ने आशा व्यक्त गर्नु भयो |

मन्त्रालयका आर्थिक प्रशासन शाखाका प्रमुख श्री  सुवास चन्द्र शिवाकोटीले वित्तिय सुशासनमा स्थानीय निकायको गन्तव्य र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले स्थानीय निकायमा वित्तिय जोखिम बढ्दै गएको, वित्तिय जोखिमका सम्बन्धमा स्थानीय निकायका सवालहरु, बेरुजु घटाउने प्रयास, वित्तिय सुशासन, वित्तिय व्यवस्थापन परिपालन तथा अनुगमन, स्थानीय शासन उत्तरदायित्व लगाएका बारेमा जानकारी दिनुभएको थियो ।

मन्त्रालयका सुशासन प्रवर्दन शाखाका प्रमुख एवंम् स्थानीय शासन उत्तरदायी सयन्त्रको सचिवालयका प्रमुख श्री नरहरी शर्मा भण्डारीले स्थानीय शासन तथा उत्तरदायि संयन्त्रको कार्यविधि र  नागरिक समाजका संस्थाहरुद्वारा स्थानीय निकायको पालना अनुगमन बारेमा चर्चा गर्नुभएको थियो । उहाँले स्थानीय निकायमा गुनासो  व्यवस्थापनको आवश्यकता,नागरिक निगरानी बारेमा प्रस्टपर्नुभएको थियो | स्थानीय निकायहरुलाई सुशासन युक्त बनाउन स्थानीय विकास अधिकारी,कार्यकारी अधिकृत,गाविस सचिबको भूमिका महत्वपूर्ण हुने हुदा आफ्नो भूमिकाको गम्भीरतापुर्वक पालना गर्न आग्रह गर्नुभयो |  त्यसै गरी मन्त्रालका बातावरण प्रमुख चक्रपाणी शर्माले स्थानीय स्तरबाटै हावा पानी र माटोको सरक्षण गर्नु पर्नेमा जोडदिनुभएको थियो । कार्यक्रममा स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमका उत्तरदायित्व  एवंम् नागरिक निगरानी बिज्ञले समग्र कार्यक्रमको वारेमा प्रस्ट पर्नुभएको थियो | उक्त कार्यक्रम क्षेत्रिय समन्य इकाई पोखराका चन्द्र रेग्मीले सन्चालन गर्नुभएको थियो ।

Source: ganthan.com