You are here

बेनी न.पा.मा नागरिक सचेतना केन्द्र विषयगत कार्यालयहरुसँग सम्बन्ध विस्तार गर्दै

Submitted on: Wed, 09/28/2016 - 15:59
बेनी न.पा.मा नागरिक सचेतना केन्द्र विषयगत कार्यालयहरुसँग सम्बन्ध विस्तार गर्दै

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तरगत बेनी नगरपालिका कार्यालय र स्थानीय सेवा प्रदायक संस्था कदम म्याग्दीको सहकार्यमा बे.न.पा. ४ बाङ्गेरा स्थित नागरिक सचेतना केन्द्रका सदस्यहरुलाई जिल्लास्थित सेवाप्रदयक संस्थाहरु अथवा विषयगत कार्यालयहरु जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र जिल्ला भू-संरक्षण कार्यालय म्याग्दीमा सेवा प्रवाहका सम्वन्धमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम बाट नागरिक सचेतना केन्द्रका सदस्यहरुले जिल्लास्थित सेवाप्रदयक संस्थाहरुले प्रधान गर्ने सेबा सुबिधाको बारेमा जानकारी लिनुको साथ साथै आफना समस्याहरु सम्बन्धित कार्यालयमा राखेका छन् । यसरी आफना समस्याहरु राखेकोमा सेवाप्रदयक सस्थाहरुले नागरिक सचेतना केन्द्रका बारेमा जानकारी लिनुको साथै नागरिक सचेतना केन्द्र केबल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तर्गत मात्रको लक्षित वर्ग नभई नेपाल सरकारको लक्षित वर्ग रहेको हुँदा सम्पुर्ण कार्यालयहरुले भाबी दिनमा नागरिक सचेतना केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फोटो ग्यालरी हेर्न फोटोमा क्लिक गर्नुहोस् |